Comments Add Comment

अब ट्राफिक नियम मिचे १५ सय जरिवाना

traffic_checking१६ वैशाख, काठमाडौं । नेपाल प्रहरीले सवारी नियम उल्लंघन गर्ने चालकसँग असुल गर्ने जरिवानाको अनुपात ७५० प्रतिशतले बढाएको छ ।

यातायात व्यवस्था ऐन २०४९ को दफा १६२ मा भएको प्रावधान परिमार्जन गर्दै सरकारले नियम मिच्ने चालकसँग असुल गर्ने जरिवानाको मात्रामा भारी वृद्धि गरेको आजको कारोबार दैनिकमा समाचार छ ।

सवारी अनुशासन पालना नगर्ने प्रवृत्ति निरुत्साहित गर्न सरकारले लेन अनुशासन उल्लंघन गर्ने, जथाभावी पार्किङ गर्ने, ‘हिट एन्ड रन’मा संलग्न, क्षमताभन्दा बढी यात्रु तथा मालसामान राख्नेलगायतसँग न्यूनतम ५०० देखि १ हजार ५०० रुपैयाँसम्म असुल गर्ने अधिकार ट्राफिक प्रहरीलाई प्रदान गरेको छ ।

सवारी अनुशासन उल्लंघन अभियोगमा उपत्यकाभित्र मात्रै दैनिक दुई सयदेखि २५० चालक काबाहीमा पर्दै आएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पहिलोपटक कारबाहीमा परे ५००, दोस्रोपटक १ हजार र तेस्रोपटक पनि ट्राफिकको फन्दामा परे १५ सय रुपैयाँ जरिवाना र अनिवार्य रूपमा ट्राफिक अनुशिक्षण तालिम लिनुपर्नेछ ।

ट्राफिक प्रहरीले यसअघि २५ रुपैयाँदेखि २०० रुपैयाँसम्म असुल गर्दै आएको थियो । यसअघि मादक पदार्थ सेवन गरेर सवारी चलाए तथा जथाभावी पार्किङ गरे क्रमशः ट्राफिक प्रहरी र नगरपालिका/महानगरपालिकाले चालकबाट १ हजार जरिवाना असुल्दै आएका थिए । नयाँ नियम आइतबारदेखि लागू गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment