
१८ वैशाख, काठमाडौं | जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतमलाई कालोमोसो दलेको आरोपमा विप्लव माओवादीको दुर्इ बिद्यार्थी नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका प्रकाश अधिकारी र विकास अधिकारी छन् । उनिहरुलाई काठमाडौंका जिशिअ गौतमलाई कालोमोसो दलेको आरोपमा प्रहरीले शुक्रबार जोरपाटीबाट प्रकाउ गरेको हो ।
सार्वजनिक अपराध मुद्दाअन्तर्गत स्वयम्भू महानगरीय प्रहरी वृत्तमा राखिएको छ । अखिल क्रान्तिकारीले उनीहरुलाई सोमबार सम्ममा रिहाई नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।
अखिल क्रान्तिकारीका काठमाडौँ जिल्ला संयोजक रहेका प्रकाश अधिकारीसहित ४ जनाको समूहले बुधबार दिउँसो काठमाडौं जिल्ला शिक्षा कार्यालयमै प्रवेश गरी जिशिअ गौतमलाई कालोमोसो दलेर भागेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4