
१९ वैशाख, काठमाडौं । अमेरिकास्थित अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो संघले दुई महिनाअघि भारतमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुद सागमा पदक बिजेता तेक्वान्दो खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ ।
काठमाडौंैमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले १२औं सागका रजत र काश्य पदकधारी खेलाडी र प्रशिक्षकसमेतलाई नगदसहित सम्मान गरेको हो ।
अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो संघले सागका रजतबिजेता खेलाडीलाई जनही २० हजार, काश्य बिजेता खेलाडीलाई जनही १० हजार र प्रशिक्षकलाई जनही ५ हजारका दसले सम्मान गरेको हो ।
सागका रजत बिजेता खेलाडीहरु रेजिना कार्की, आयशा शाक्य, यानकुमारी चौलागाईँ, ज्ञानी चुनारा, नीमा गुरुङ, बीरबहादुर महरा र सक्षम कार्कीलाई सम्मान गरिएको हो ।
त्यस्तै काश्य बिजेता खेलाडीहरु सुनिल पौडेल, निश्चल श्रेष्ठ र रामहरी महतपनि नगतसहित सम्मानित भए ।
यस्तै तेक्वान्दोका मूख्य बरिष्ठ प्रशिक्षक ध्रुव गुरुङ, प्रशिक्षकहरु नविनकुमार श्रेष्ठ, संगीना बैद्य, दीपक बिष्ट र गणेशबहादुर जिम्बालाई पनि सम्मान गरिएको हो ।
कार्यक्रममा राखेप सदस्यसचिव केशवकुमार विष्टले खेलाडीहरुलाई नगद पुरस्कारले सम्मान गरेर उनीहरुको हौसला बढाएको बताए । उनले भने-‘अर्को सागमा स्वर्ण पदक जित्नका लागि यो सम्मानले हौसला मिल्नेछ ।’
१२औं सागमा सहभागी भएका १२ मध्ये १० खेलाडीले पदक जितेका थिए । तर तेक्वान्दोले यसपटक धेरै आशा गरिएको स्वर्ण पदक भने जित्न सकेको थिएन ।
तस्वीरः श्रीधर पाैडेल
प्रतिक्रिया 4