Comments Add Comment

पर्यटन बोर्डमा फोटो प्रदर्शनी सुरु

photo_pradaarsani (2)२४ वैशाख, काठमाडौं । नेपाल पर्यटन बोर्डमा ह्यासट्याग फोटो नेपालको  चौथो संस्करणको फोटो प्रदर्शनी सुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड र फोटो पत्रकार क्लब नेपालको संयुक्त आयोजनामा  प्रदर्शनी सुरु भएको हो । फोटोपत्रकार क्लबले ०६९ र ०७१ सालमा आयोजना गरेको नेपाल फोटो कन्टेस्टको पर्यटन विधामा छानिएका तस्वीरहरु समेत प्रदर्शनीमा राखिएको छ ।

फोटो प्रदर्शनीको उद्घाटन गर्दे सामाजिक उद्यमी अनिल चित्रकारले नेपाल भित्र खिचिएका पर्यटन झल्काउने बिभिन्न तस्वीरहरु महत्वपूर्ण रहेको बताए । उनले यस्ता तस्वीरलाई व्यवसायीक रुपमा बिक्री गर्न पहल गर्नुपर्ने बिचार ब्यक्त गरे । चित्रकारले धेरै जसो ब्यक्तिहरुले फोटो डाउनलोड गर्ने गरेको बताउँदै अबदेखि अपलोड गर्ने बानी बसाल्दै नेपाली पर्यटन क्षेत्रलाई बिश्वब्यापीकरण गर्न आग्रह गरे ।

photo_pradaarsani (1)नेपाल पर्यटन बोर्डका सिइयो दिपकराज जोशीले फोटोपत्रकार क्लबसँग सहकार्य गरि ह्यास ट्याग फोटो नेपालको चौथो संस्करण गर्न पाएको खुशी ब्यक्त गरे ।

बिहीबारबाट सुरु भएको फोटो प्रदर्शनी शनिबार सम्म चल्नेछ । पर्यटनलाई माया गर्ने सम्पूर्णलाई निशुल्क प्रबेश गरि फोटोप्रदर्शनीको फाइदा उठाउन फोटोपत्रकार क्लब र नेपाल पर्यटन बोर्ड आग्रह गर्दछ । शनिबार अन्ति दिन फिल्म प्रदर्शनीको पनि ब्यबस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment