२६ वैशाख, काठमाडौं । पेट्रोलियम पदार्थको अभाव चुलिँदै गएका बेला सरकारले पेट्रोलियम पदार्थको खानी उत्खनन कार्य अघि बढाउने भएको छ ।

यसका लागि उद्योगमन्त्री सोमप्रसाद पाण्डे नेतृत्वको चिनियाँ टोली दैलेख पुगेको आजको राजधानी दैनिकमा समाचार छ ।
टोलीले दैलेखका गाउँगाउँ पुगेर सम्भाव्यता अध्ययन गर्नै छ ।
चीन र नेपालबीच भएको सम्झौताअनुसार दैलेखमा रहेको पेट्रलियम पदार्थको खानीमा अन्वेषण, अनुसन्धान र उत्खननको सम्भाव्यता अध्ययन थालिएको हो ।
मन्त्री पाण्डेसहित दैलेखका सांसद, खानी तथा भूगर्भ विभागका पेट्रोलियम अन्वेषक चीनसकारकार खानी तथा पेट्रोल र ग्याँस अनुसन्धान विज्ञसहितको सातजनाको टोलीले दैलेखको सिरिस्थानबाट पेट्रोलियम पदार्थको अन्नवेषण सम्भाव्यता अध्ययन कार्यको थालनी गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4