५ जेठ, कोलोम्बो । श्रीलंकाको केगाल्ले जिल्लामा बाढी र पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको संख्या १३ पुगेको छ भने सयौं वेपत्ता भएका छन् ।
हालसम्म १३ जनाको शव भेटिए पनि कम्तिमा ३२ जनाको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको सरकारी अधिकारीहरुले बताएका छन् ।
सो पहिरोमा परी र दुई सयभन्दा बढी घर परिवारका सदस्यहरु वेपत्ता भएका बताइएको छ । वेपत्ता भएकाहरुको संख्या धेरै भएकाले मृतकको संख्या पनि बढ्ने अनुमान गरिएको बीबीसीले जनाएको छ ।
प्रभावित क्षेत्रमा सैनिक र उद्धार टोलीले खोजी र उद्धारकार्य जारी राखेका छन् । उद्धारकर्ताहरुको टोलीले १ सय जनाभन्दा बढीलाई तत्काल उद्धार गरेका थिए । पहिरो प्रभावित क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित स्थानमा सारिएको छ । तर, खराब मौसमका कारण उद्धारमा कठिनाइ भएको उद्धारकर्मीहरुले बताएका छन् ।
गत शनिबार साँझबाट परेको भारी वर्षा, हावाहुरीका कारण पहिरो गएको हो । पहिरोका कारण सो क्षेत्रका कम्तीमा साढे तीन लाख व्यक्ति प्रभावित भएको सरकारी अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया 4