+
+
Shares

सालीकहाँ पाहुना आएका लिम्बुको झ्यालबाट खसेर मृत्यु

रविन भट्टराई रविन भट्टराई
२०७३ जेठ ११ गते १५:३६

११ जेठ, ताप्लेजुङ । ताप्लेजुङमा गएराति एक व्याक्तिको घरको झ्यालबाट झरेर मृत्यु भएको छ । ताप्लेजुङ नगरपालीका १ मा सालीको घरमा पाहुना आएका झापाका नरेन्द्र लिम्बुको कोठाको झ्यालबाट खसेर ज्यान गएको हो ।

hatyaताप्लेजुङ नगरपालिकास्थित खड्क केदेमको घरमा डेरा गरी बस्ने आफन्त सन्जय केदेमकोमा पाहुना आएका झापा दुधे एकका अन्दाजी ३५ वर्षीय लिम्बुको राती बाहिर निस्कने क्रममा झ्यालबाट खसेर घाईते भई उपचारकै क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा ज्यान गएको प्रहरीले जनाएको छ । केदेमकी श्रीमती लिम्बुकी साली हुन् ।

प्रहरीका अनुसार खानपिन पछि लिम्बु कोठामा गई सुतेको र राती सौच गर्न निस्कने क्रममा तीन तलामाथि झ्यालबाट खसेर घाईते भएका थिए । उनी खसेको थाहा पाउनासाथ आफन्तले उपचारका लागि अस्पताल पुर्‍याए पनि उपचारकै क्रममा राती साढे १२ बजे उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

साली बिरामी भएको र उनलाई हेर्नका लागि लिम्वु सोमबार वेलुका ताप्लेजुङ आएका थिए । लिम्बुको सव अहिले जिल्ला अस्पतालमानै रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?