Comments Add Comment

नम्रताको रेट २ लाख, फिल्मको होइन भिडियोको

namrata shrestha
नायिका नम्रता श्रेष्ठ चलचित्र रिलिजको समय भन्दा अरु बेला मिडिया र दर्शकमाझ खासै आउँदिनन् । झन्, अहिले त नम्रता आफ्ना निकट चलचित्रकर्मीसँग पनि जोडिन छाडेको चर्चा सुरु भएको छ । विशेषगरि, दावा शेर्पासँगको प्रेमले नम्रतालाई यति व्यस्त बनाइदिएको छ कि, उनी प्रेमीसँग नै रमाउन थालेकी छिन् । कहिले ट्रेकिङ त कहिले दिल्ली, नम्रता र प्रेमीको डेटिङ देखिन्छ ।

उनै नम्रताले एक म्यूजिक भिडियोका  लागि महंगो रकम मागेको चर्चा चलेको छ । गसिप बजारमा आएको हल्लालाई मान्ने हो भने नम्रताले एक म्यूजिक भिडियोका लागि २ लाख पारिश्रमिक मागिदिइन् । उनले २ लाख मागेपछि भिडियो बनाउने निर्माताले त्यति रकम तिर्न नसक्ने बताए । अहिले अर्कै नायिका लिएर म्यूजिक भिडियो छायांकन तयार पारिएको छ ।

हुनत, नम्रताले म्यूजिक भिडियोमा काम गर्न नचाहेर पनि महंगो पारिश्रमिक मागेको हुनसक्छ । तर, एउटा चलचित्रमा अभिनय गरेवापत अधिकांश चल्तीका नायिकाले लिने पारिश्रमिक नम्रताले भिडियोकै लागि मागेपछि चर्चा नहुने त कुरै भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment