Comments Add Comment

प्रधानमन्त्रीका सल्लाहकारले उपेन्द्र यादवलाई भने-स्वास्थ्य नविगार्नुस्, वार्तामा बसौं

वार्ता चोर-पुलिस खेलेजस्तो होइन: रिमाल

Bishnu-Rimal,-UML

३१ जेठ, काठमाडौं । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले आन्दोलनरत दलहरुसँगको वार्ता चोर-पुलिस खेलेजस्तो भएको बताएका छन् ।

साथै प्रधानमन्त्रीले मस्याको हल गर्नकै लागि वार्ताको आहृवानसहित पत्र पठाएको भन्दै उनले अनशन बसेर आफ्नो स्वास्थ्य नबिगार्न सुझाव दिए ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा रिमालले भने, ‘प्रधानमन्त्रीले समस्याको हल गर्नकै लागि पत्राचार गर्नुभएको हो, यो कुनै चोर पुलिसको खेल गर्न गरिएको होइन ।’

वार्ताबाटै असमझदारी हटोस् भनेर सरकारले पहल गरिरहेको बताए । ‘साझा ठाउँमा बसेर समस्याको हल होस् भन्ने चाहनाले हामीले सर्वदलीय बैठक बोलायौं, तर उहाँहरु आउनुभएन’ उनले भने, ‘बोलाउँदा नआउने अनि जहाँ भेट्यो त्यही पत्र दिने काम भइरहेको छ । यो त चोर पुलिस खेलेजस्तो भयो ।’

मधेसी मोर्चाले उठाएका कतिपय माग सम्बोधन भइसकेको रिमालले बताए । उनले भने, ‘नागरिकता, समानुपातिक समावेशीताक, सीमांकनका कुरा उठेका छन्, यसमा हामी छलफल गर्न ओपन छौं ।’

आन्दोलनका घाइते, मृतकका आफन्तलाई सरकारले पैसा उपलब्ध गराइसकेको समेत उनले जानकारी दिए । उनले भने, ‘हामी उहाँहरुका मागप्रति संवेदनशील छौं, अझै हामीले त आउनुहोस टु दि प्वाइन्ट केस वाइज छलफल गरौं भनिरहेका छौं ।’

मधेसी मोर्चाका नेताहरु संघर्षको रापतापबाट बनेको भन्दै उनले अनशन बसेर आफ्नो स्वास्थ्य नबिगार्न रिमालले सुझाव दिए । ‘ठूलो आन्दोलनको संघर्षबाट जन्मिएको नेता हो उपेन्द्र यादव’ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालले भने, ‘उहाँलाई मेरो आग्रह छ, तपाई आफ्नो स्वास्थ्य नविगार्नुहोस्, आउनुहोस् वार्ताबाटै छलफल गरौं ।’

यो पनि पढ्नुस्

खुल्लामञ्चमा ओलीको चिठीः मधेसी मोर्चाका नेता फेरि असन्तुष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment