Comments Add Comment

युरोकपः समर्थकको उपद्रवका कारण रुस दण्डित

उपद्रव दोहोरिए युरोकपबाट बाहिर

Euro-Violence

३२ जेठ, काठमाडौं । फ्रान्समा जारी युरोकप अन्तर्गत समर्थकले गरेको हिंसात्मक व्यवहारका कारण रुसी फुटबल संघ जरिवानामा परेको छ । हिंसात्मक व्यवहारको बदलामा रुसी फुटबल संघले १ लाख ५० हजार युरो तिर्नुपर्नेछ ।

युरोपेली फुटबल महासंघ युइएफएले रुसका अन्य खेलहरुमा समर्थकले यस्तै व्यवहार गरे रुसी टोली प्रतियोगिताबाट अयोग्य हुने प्रष्ट पारेको छ । युइएफएले तत्कालका लागि रुसी फुटबल संघलाई प्रतिबन्ध भने नलगाउने भएको छ ।

रुसका समर्थकले रंगभेद गरेको आरोप प्रमाणित भएको छ । रुसलाई युइएफएको यस निर्णय बिरुद्ध अपील गर्ने अधिकार छ ।

मार्सेलीमा भएको खेलमा इंग्ल्याण्डसँग १-१ गोलको बराबरी भएपछि रुसी समर्थकले रंगशालाभित्रै हिंसात्मक आक्रमण गरेका थिए । यइएफएले रंगशाला भित्रै भएका झडपमा रुसी समर्थकलाई दोषि ठहर गरेको हो । उनीहरुले रंगशाला बाहिर पनि ठूलै बितण्डा मच्चाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment