Comments Add Comment

जसले राम्रो खेल्यो बिक्रम उसैको समर्थक

बिक्रम लामा नेपाली फुटबल टोलीका अनुभवी मिडफिल्डर हुन् । फ्रान्समा जारी युरोकपका खेलहरु उनले पनि टेलिभिजनबाट प्रत्यक्ष हेरिरहेका छन् । राति अबेर हुने खेलहरु भने नियमित हेरेका छैनन् बिक्रमले ।

Bikram-lamaकाठमाडौं च्यासलका विक्रम सन् २००४ देखि नै युरोकपका खेलहरु फलो गरिरहेका छन् । उनी भन्छन्, ‘विश्वस्तरीय प्रतियोगिताका खेलहरु हेरेर धेरै कुराहरु सिकिन्छ, यसले फुटबलर हुनुका नाताले मलाई धेरै सहयोग गरेको छ ।’
विश्वस्तरका खेलाडीहरुको जमघटमा एकसे एक स्टारका खेलहरुबाट मनोरञ्जन लिनेमात्र नभइ उनीहरुको खेलबाट धेरै सिक्न सकिने बिक्रमको तर्क छ ।

यसपटकको युरोकपमा विक्रमले कुनै टोलीलाई समर्थन गरेका छैनन् । उनका अनुसार सबै टोली उत्कृष्ट छन्, जो कसैले पनि एक अर्कालाई हराउने क्षमता राख्छन् । उनले भने, ‘हामीले मनोरञ्जन लिन र केहि सिक्नका लागि फुटबल हेर्ने हो, त्यसैले कसैको सपोर्ट गरेर पक्षपाती बन्नुभन्दा जसले राम्रो खेलेको छु उसैको समर्थन गर्ने मेरो नीति हो ।’

मिडफिल्डर हुनुका नाताले यस युरोमा उनले विश्वस्तरीय केहि मिडफिल्डरलाई भने ‘मार्क’ गरेका छन् । फ्रान्सेली युवा मिडफिल्डर पल पोग्वाको खेल उनलाई बिशेष लाग्छ ।
तर, युभेन्टसबाट खेल्दा देखिने उनको खेल फ्रान्सेली टोलीबाट नपाउँदा उनी निराश बने । उनी भन्छन्, ‘आफुपनि मिडफिल्डर भएकाले मैले यस युरोमा फ्रान्सेली पोग्वा, स्पेनका सर्जियो बुस्क्वेट, क्रोएशियाका लुका मोडि्रक लगायतको खेल बिशेष लाग्छ । तर पहिलो खेलमा पोग्वाले राम्रो प्रदर्शन गर्न सकेनन्, दुःख लाग्यो ।’

युरोकपका खेलहरु उनले घरैमा बसेर हेरिरहेका छन् । बाहिर जाने योजना नभएको बताउने उनले शान्त वाताबरणमा खेल हेर्न रमाइलो लाग्ने बताउँछन् । उनले भने कि ‘घरमै छिमेकी साथीभाइहरुसँग बसेर खेल हेरेको छु, राति अवेर हुने खेलहरुभने हेरेको छैन । छुटेका खेलहरु बिहान हाइलाइट्स हेर्छु ।’

उनलाई यस युरोमा जर्मनी अगाडिसम्म पुग्छजस्तो लागेको छ । भन्छन्, ‘विश्वबिजेता पनि भएको नाताले जर्मनी युरोको उपाधिको दावेदार हो । यसपटकको प्रतियोगितामा जर्मनीका अलावा स्पेन, फ्रान्स र इटाली सेमिफाइनलसम्म पुग्छजस्तो लाग्छ ।’

तस्वीरः बिक्रमको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment