+
+
Shares

कांग्रेसको नेतृत्वमा सहमतिको सरकार: केसी

रासस रासस
२०७३ असार ५ गते १६:२९

arjun narshing kc 1

५ असार, विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले प्रमुख प्रतिपक्षका रुपमा कांग्रेस मुलुकको समस्या समाधान गर्न तत्पर रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङद्वारा आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले संविधान जारी हुनु ऐतिहासिक उपलब्धि भएकाले यसको कार्यान्वयनका लागि सबै दलले तदारुकता देखाउनुपर्ने विषयमा जोड दिए ।

वर्तमान सरकारको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न नसक्ने स्पष्ट पार्दै उनले नेपाली कांग्रेसको नेतृत्वमा सो सरकार गठन हुनुपर्ने बताए । उनले निर्वाचनबाट पार्टी डराउँदैन तर निर्वाचनले समस्यालाई समाधानको सट्टा बल्झाउन सकिने सम्भावना व्यक्त गरे ।

उनले उत्तर–दक्षिणको प्रादेशिक राज्यका साथै पूर्वपश्चिम राज्यको पक्षमा कांग्रेस रहेको स्पष्ट पारे । उनले कतिपय नक्कली पीडित देखिएको र कतिपय वास्तविक पीडित छुटेकाले त्यसलाई राहत उपलब्ध गराउनुपर्ने औंल्याए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?