+
+
Shares

प्यूठानको पहिरोः मन्त्री शर्माले भनिन्– उद्धार र राहतका लागि क्रियाशील छु

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २१ गते १७:४०

२१ असार, काठमाडौं । सामान्य प्रशासन मन्त्री रेखा शर्माले बाढी पहिरोका कारण प्युठानमा आठ जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेकी छन् । उनले पीडित परिवारलाई सरकारको तर्फबाट उचित राहत तथा क्षतिपूर्ति दिलाउन पहल गरिरहेको जानकारी पनि दिएकी छन् ।

Rekha_Sharma-Finalमंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री शर्माले भनेकी छन्, ‘मृतक परिवारलाई सरकारको तर्फबाट उचित राहत तथा क्षतिपूर्ति दिलाउन पहल गरिरहेको जानकारी गराउँदछु । पीडितहरुको उद्धार तथा राहतका लागि सधैं क्रियाशील रहिरहने प्रतिवद्धता जनाउँदछु ।’

उनले बाढी र पहिरोमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि, मृतक परिवारजनप्रति समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी छन् ।

[sam_list]

उद्धार कार्यमा संलग्न सुरक्षाकर्मी, स्थानीय राजनीतिक दल, स्थानीय जनता लगायत सबैप्रति आभार व्यक्त गर्दै मन्त्री शर्माले जोखिममा रहेकाहरुलाई शीघ्र उद्धार गरी सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउने कार्यमा क्रियाशील रहन स्थानीय प्रशासनलाई आग्रह गरेकी छन् ।

हेर्नुस् मन्त्री शर्माको विज्ञप्ति

Rekha-Sharma-Press-Relese

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?