Comments Add Comment

कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्य गम्भीर तर स्थिर

Dr-Shashank-Koirala-Admit
२२ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्था गम्भिर तर स्थिर रहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या भएपछि कोइराला बुधबार बिहान ओम अस्पताल भर्ना भएका थिए । कोइरालाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मंगलबार राति पिज्जा खाएपछि वान्ता गरेका उनलाई बिहान अस्पताल लगिएको थियो । बिहान उनको व्लड प्रेसर घटेर ६०/४० मा आइपुगेको थियो भने वान्ता पनि भएको थियो । ओम अस्पतालका अनुसार कोइरालालाई अहिले भेन्टिलेटरमा राखिएको छ र, एन्टिवायोटिक पनि चलाइएको छ ।

व्लड प्रेसर अझै ९०/६० छ भने मुटुको धड्कन प्रतिमिनेट १३० मापन गरिएको छ ।  कोइरालालाई निमोनिया भएको पाइएको समेत अस्पतालले जनाएको छ । ओम अस्पतालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘अहिले उन(कोइराला)को अवस्था गम्भिर तर स्थिर छ ।’

डा. कोइरालालाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा पुगेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment