२४ असार, भोजपुर । यातायात व्यवसायी सङ्घ भोजपुरले गरेको अनिश्चितकालीन यातायात बन्द यही असार २६ गतेदेखि खुल्ने भएको छ ।
सङ्घले सार्वजनिक सूचना जारी गर्दै असार २६ गते आइतबारदेखि भोजपुर–धरान भोजपुर–लेगुवा, धरान–भोजपुरलगायत यातायात सेवा सञ्चालन हुने जानकारी गराएको हो ।
वर्षाका कारण सडक अवरुद्ध भएको र सडक बनाउने ठेकेदारले लापरबाही गरेको भन्दै भोजपुरका बस व्यवसायीले असार १४ गतेबाट अनिश्चितकालीन यातायात बन्द गरेका थिए । भोजपुरका सबै पक्ष सम्मिलित अनुगमन समितिले सडक अनुगमन गरी यातायात सञ्चालन गर्ने निर्णय भएको सङ्घका अध्यक्ष गोपाल तामाङले जानकारी दिए ।
व्यवसायी सङ्घले यातायात बन्द गराएपछि भोजपुरका सर्वसाधारण भोजपुरदेखि लेगुवासम्म पैदल आवतजावत गर्ने गरेका थिए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4