३० साउन, काठमाडौं । प्याडी म्याकनैरको उपहार गोलको मदतमा म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा सुखद सुरुवात गरेको छ ।
पेेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको सिटीले सण्डरल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा म्यानचेष्टर सिटीले चौथो मिनेटमा नै सर्जिओ एग्युरोको पेनाल्टी गोलबाट अग्रता लिएको थियो ।
तर, ग्वार्डिओला, जसले गोलकिपर जोए हार्टलाई बेच्नमा राखेका थिए, उनको टिमले ७१ औं मिनेटमा गोल खायो । सण्डरल्याण्डका डेफोइले गोल बराबरी गोल गरे ।
सिटीले खेलमा केही अवसर श्रृजना गरेको थियो । तर,८७ औं मिनेटमा म्याकनैरले गरेको आत्मघाती गोल नै घरेलु टोलीलाई २-१ को जित दिलाउन पर्याप्त भयो ।
प्रतिक्रिया 4