+
+
Shares

प्रधानमन्त्रीको निर्देशनः म्याद नाघेका बस्तुहरु जफत गरेर रत्नपार्क चोकमा जलाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ३१ गते १८:२१

Prachanda,-Chairman-of-Maoist-Center

३१ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्याद नाघेका बस्तुहरु उपभोक्तालाई बिक्री गरेको पाइए जफत गरेर रत्नपार्कमा जलाउन निर्देशन दिएका छन् ।

बजार अनुगमनबारे सचिवहरु र सुरक्षा निकायका प्रमुखहरुलाई संयुक्तरुपमा निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले तत्काल एक्सनमा जान भनेका छन् । उनले जनतालाई तत्काल राहत महसुस हुने गरी काम गर्न निर्देशन दिएका छन् ।

गलत काम गरे राज्यले छाड्दैन भन्ने सन्देश दिन जरुरी रहेको भन्दै उनले भने, ‘म्याद नाघेका सामानहरु बेच्ने गरिएको छ । केही ठाउँमा एक्सन लिनुस् र सामान सिज गरेर रत्नपार्क चोकमा जलाउन सकियोस् ।’

उनले नियमित अनुगमनका रुपमा नभई परिणाम निस्कने गरी काम गर्न भनेका छन् । विगतमा गुँदपाक भण्डारमा गरेको कारबाहीले देशभर तरंग ल्याएको भन्दै उनले अहिले पनि त्यसरी नै काम गर्नु पर्नेमा जोड दिए ।

छलफलमा सचिवहरुले र्‍यापिङ एक्सनका लागि युनिफाइड कमाण्ड बनाउन सुझाएका छन् । तर, प्रधानमन्त्री प्रचण्डले भने छुट्टै कमाण्ड बनाउनुभन्दा पनि भएकै संरचनाहरुको अस्थायी कमाण्ड बनाएर काम गर्न भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?