१२ असोज, काठमाडौं । इन्टरनेट सेवाको क्षेत्रमा क्लास्सिक टेक प्रालिले बडा दशैको अवसरमा फाइबर सेवाग्राहीका लागि बिशेष छुटको अफर ल्याएको छ ।
वाषिर्क ग्राहकले फाइबर इन्टरनेट सेवा जडान गर्दा कुनै पनि शुल्क तिर्नुपर्ने छैन । जडानको लागि आवश्यक पर्ने फाइबर केबल र फाइबर राउटर सित्तैमा कम्पनिले नै उपलब्ध गराउने छ ।
वाषिर्क ग्राहकले १ एमबीपएस अनलिमिटेड सेवामा मासिक दर मात्र १२ सय ९९ रुपैयाँ र ३ एमबीपएस अनलिमिटेड मात्रै १५ सय रुपैयाँ मा पाउनेछ । क्लासिक टेकले नयाँ ग्राहकलाई मात्रै नभएर आˆनो पुराना ग्रहकहरुलाई पनि वाषिर्क सेवाको खरिदमा १० प्रतिशत छुट र अर्धवाषिर्क सेवाको खरिद मा ५ प्रतिशत छुटको बिशेष अफर ल्याएको छ ।
यो अफर सिमित अवधिको लागि मात्र उपलब्ध हुनेछ । क्लस्सिक टेकको फाइबर सेवा विश्वकै उत्कृष्ट जीपीओएन प्रविधिमा अधारित रहेको कम्पनीले जनाएको छ ।
नेपालको मुख्यशहरहरु बिराटनगर, इटहरी, धरान, बिरगंज, हेटौंडा, चितवन, बुटवल, भक्तपुर, बनेपामा फाइबर सेवा उपलब्ध छ । कम्पनीले आˆनो नेटवर्क ६२ जिल्लामा बिस्तार गरिसकेको छ ।
हालै काठमाडौंको पेप्सिकोला, सातदोबाटो, बल्खु, गल्फुटार र भक्तपुरको सुर्यबिनायकमा आफ्नो नयाँ शाखाहरु पनि खोलेको छ । क्लस्सिक टेकले ग्राहकहरुको मागलाई ध्यानमा राख्दै आइपी टिभी सेवापनि छिटै बजारमा ल्याउने तयारी भइरहेको जनाएको छ ।
प्रतिक्रिया 4