Comments Add Comment

नेपालको सहयोगमा जापान सदैव तत्परः विदेश राज्यमन्त्री

Kamal-Thapa-and-Japanese-State-Minister

टोकियो । जापान भ्रमणमा रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले जापानका विदेश राज्यमन्त्री किसी नोबुओसँग भेटवार्ता गरेका छन् ।

भेटमा पूर्व उपप्रधान एवं परराष्ट्रमन्त्री थापाले नेपालमा गएको भूकम्प पश्चात जापान सरकारले गरेको उद्धार, राहत र पुर्ननिर्माणमा पुर्याएको सहयोगको प्रशसा गरे ।

उनले आगामी २०२० मा हुन लागेको ओलम्पिकका लागि आवश्यक पर्ने संरचना निर्माण र कृषि क्षेत्रमा आवश्यक पर्ने जनशक्ति नेपालबाट निर्यात गर्न अनुरोध गरे ।

जवाफमा राज्यमन्त्री नोबुओले नेपालको आर्थिक विकासमा सहयोगी भूमिका निर्वाह गर्नका लागि जापान सरकार सदैव तत्पर रहेको बताएका छन् ।

नेपालको संविधान कार्यान्वयन होस भन्ने जापान सरकार र जापानी जनताको अपेक्षा रहेको बताउँदै उनले शुभकामना समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment