+
+

संविधान संशोधनबारे सत्तारुढ दलनै स्पष्ट भएनन्ः तमलोपा

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ३ गते १२:२२

३ कात्तिक, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीले संविधान संशोधनबारे सरकारमा सहभागी दलहरु नै स्पष्ट नभएकाले प्रक्रिया अघि बढ्न नसकेको आरोप लगाएको छ ।

Hridayas-Tripathiबुधबार केन्द्रीय समितिका पदाधिकारी र सांसदहरुको संयुक्त बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा तमलोपाका सहअध्यक्ष हृदयस त्रिपाठीले सरकारमा सहभागी नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको दोहोरो चरित्रका कारण संविधान संशोधन प्रक्रिया अघि नबढेको बताए ।

नेता त्रिपाठीले प्रधानमन्त्रीले भारत भ्रमणअघि नै संविधान संशोधन विधेयक संसदमा दर्ता गराउने आश्वासन दिएपनि विभिन्न बहानामा आलटाल भइरहेको दावी गरे । उनले प्रमुख प्रतिपक्षी दल एमालेले पनि संविधान संशोधनको सवालमा दोहोरो चरित्र देखाएको टिप्पणी गरे ।

सरकारले मधेसी मोर्चासँग गरेको तीन बुँदे सहमति पालना गरेर संविधान संशोधन नभएसम्म संविधान कार्यान्वयन हुनै नसक्ने उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?