Comments Add Comment

महाअभियोग प्रस्ताव आउँदा खुसी लागेको छः जितेन्द्र देव

jitendra-dev
९ कात्तिक, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद जितेन्द्र देवले महाअभियोग प्रस्ताव आउँदा आफ्नो दलसँग कुनै छलफल नभएको बताएका छन् ।

अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देवले यसले संविधान संशोधनलाई ओझेलमा नपारोस् भनेका छन् । महाअभियोग प्रस्ताव संविधान संशोधनको विषयलाई ओझेलमा पर्ने गरी आएको त होइन भनेर आशंकाहरु समेत आएको भन्दै उनले छठभित्र संविधान संशोधन प्रस्ताव ल्याउने प्रधानमन्त्रीको प्रतिवद्धता कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

उनले महाअभियोग प्रस्ताव आउनु खुसीको विषय भएको बताए । उनले भने, आज सदनले आफ्नो सार्वभौम अधिकार उपयोग गर्दैछ । यसले संसदीय लोकतन्त्र मजबुत हुँदैछ ।’

महाअभियोग प्रस्ताव संवैधानिक र सकारात्मक रहेको भन्दै उनले भने, ‘हामी खुसी छौं । राम्रो लागेको छ ।’

यद्यपि महाअभियोगको विषयमा फोरम लोकतान्त्रिकको संसदीय दलले उचित समयमा निर्णय गर्ने उनले बताए ।

सिफारिस समितिले छानविन गरेर रिपोर्ट दिएपछि निर्णय लिने बताउँदै उनले भने, ‘ठीक समयमा ठीक निर्णय लिन्छौं र, देशलाई भ्रष्टाचारमुक्त बनाउने गरी नै निर्णय लिन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment