Comments Add Comment

सुत्केरी व्यथाले थला परेकी आइतमायाको हेलिकप्टरबाट उद्धार

Mountain-Air-Heliicopter
फाइल तस्वीर

१७ कात्तिक, गोरखा । तीन दिनदेखि सुत्केरी व्यथाले थला परेकी उत्तरी गोरखाको गुम्दा–८ की २४ वर्षीय आइतमाया गुरुङलाई हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ ।

सुत्केरी व्यथा लागेको लामो समयसम्म पनि आइतमायाले बच्चा जन्माउन नसकेपछि सुत्केरी गराउन काठमाडौँको थापाथलीस्थित प्रसूति गृह पु¥याइएको बिरामीका आफन्त सन्त गुरुङले बताए ।

आइतमायालाई माउन्टेन एअरको हेलिकोप्टरबाट आज दिउँसो काठमाडौँ लगिएको हो । ‘रु एक लाख ३० हजार भाडा तिरेर हेलिकप्टर भाडामा लिएका हौँ,’ गुरुङले भने, ‘छरछिमेक, आफन्तले पैसा जुटाएका हुन् ।’

आइतमायाको श्रीमान् माइला भने पदयात्रामा गएका छन् ।

स्थानीय स्वास्थ्य संस्थाले सुत्केरी गराउन नसकेपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौैँ लगिएको हो । गुम्दा गाउँसम्म सडकको ट्र्याक खुलेको भए पनि भनेका बेला जिप चल्दैनन् । सदरमुकामदेखि गुम्दा पुग्न करिब एक दिन जिपको यात्रा गर्नुपर्छ ।

दुर्गम क्षेत्रमा गतिलो स्वास्थ्य सेवा नहुँदा स्थानीयवासीले ऋण खोजेर हेलिकप्टरमार्फत सुत्केरी गराउन अन्यत्र लानुपर्ने बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment