Comments Add Comment

माओवादी सांसद् भक्तिप्रसाद पाण्डेको निधन

२९ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं सांसद भक्तिप्रसाद पाण्डेको ६२ बर्षको उमेरमा निधन भएको छ ।

bhakti-pandey
फाइल फोटो

एकवर्षदेखि क्यान्सरबाट पीडित पाण्डेको नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा सोमबार विहान निधन भएको हो ।

पाण्डेको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भोलि मंगलबार विहान ९ देखि ११ बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिनेछ ।

अर्घाखाँचीको अर्घातोष– ५ मा २०११ पुष ५ मा जन्मिएका पाण्डेलार्इ माओवादी समूहभित्र चाचा उपनामले चिनिन्छ । उनी सानैदेखि विद्रोही स्वाभावका थिए र त्यही विद्रोही स्वाभावकै कारण उनी १८ वर्षकै उमेरमा २०२९ सालमा अर्घाखाँचीमा भएको चर्चित हर्रेबर्रे आर्थिक एक्सनको सैनिक कमाण्डर बनेका थिए ।

उनले २०२७ सालमा पुष्पलाल समूहको सदस्यता लिएर कम्युनिष्ट  राजनीति शुरु गरे । नेकपा माले हुँदै ४० सालमा मोहन विक्रम सिंहको मसालमा प्रवेश गरेका पाण्डेले १४ वर्ष काम गरेर मसाल छोडे । मसालमा विद्रोह गरेर तत्कालीन नेकपा माओवादीसँग एकता गर्दा दीनानाथ शर्माको समूहमा उनी पनि थिए । पार्टीभित्र उनी सधै इमान्दार र निडर नेताका रूपमा थिए ।

पाण्डेका एक छोरा, दुर्इ छोरी र  श्रीमती छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment