Comments Add Comment

मलाई हँसाउन सक्ने केटा चाहिन्छ: साम्राज्ञी (भिडियो कुराकानी)

samragyee-rl-shaha-news
यो बर्ष नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहका लागि फलिफाप नै बनेको छ । यो बर्ष आयोजना भएका सबैजसो अवार्ड उनकै पोल्टामा गएको छ । ‘नव नायिका’को अवार्ड जित्दै साम्राज्ञीले चलचित्र क्षेत्रमा यो बर्ष राज गरिरहेकी छिन् । मिहिनेत गरेकाले पनि अवार्ड पाउँदा खुशी लाग्ने उनको भनाई छ । पहिलो चलचित्र ‘ड्रिम्स’मा काम गरेर आफू यो क्षेत्रमा आएको बताउने साम्राज्ञी दोश्रो चलचित्र ‘ए मेरा हजुर २’बाट आफूले गर्न चाहेको भूमिका पाएको बताउँछिन् ।

साम्राज्ञी आफूलाई जुन पहिरनले सहज बनाउँछ, त्यहि पहिरन नै गर्न मन लाग्ने बताउँछिन् । तर, नायिका भैसकेपछि आफ्नो पहिरनमा फेरबदल आएको उनले सुनाइन् । नायिका हुनुभन्दा अगाडि आफू ‘हाउडे’ थिए भन्ने साम्राज्ञी वुटिक, ब्यूटिपार्लर नजाने बताउँछिन् ।

साम्राज्ञीसँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः

आफ्नो जन्मदिनमा एकजना पुरुषसँगको तस्बिर सार्वजनिक गरेपछि साम्राज्ञी प्रेममा रहेको खबर सार्वजनिक भयो । मयंक र आफू निकै मिल्ने साथी भएको भन्दै उनले ह्याङआउट गर्नका लागि नजिकको साथी चाहिने बताइन् । उनले भनिन्-‘म गुड लुकिङ भएका यूवासँग आउटिङमा जान्छु, के सबैसँग डेट गरिरहेको हुन्छु ।’
उनले गुड लुकिङ, मन सफा भएको, हसाँउन सक्ने क्षमता भएको यूवाले आफूलाई आकषिर्त गर्ने बताइन् ।

नेपाली चलचित्रमा आएपछि आफूलाई यो क्षेत्रको नशा लागेको भन्दै उनले अब धेरै काम गर्ने बताइन् । नेपाली चलचित्र क्षेत्रलाई नै भविष्य बनाउने सोचमा रहेकी यी सुन्दरीले करिअरमा फोकस भएको सुनाइन् ।

भूवन केसीले ‘अंकल’ नभन्नु भनेपछि साम्राज्ञीले भन्न थालिन् ‘भूवन जी’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment