Comments Add Comment

‘तरकारीवाली’माथि जीतु नेपालको यस्तो हमला(भिडियो)

radio-audio-anniversary-1
मंगलबार काठमाण्डौको नयाँ बाानेश्वरमा अवस्थित रेडियो अडियोमा नेपालका चर्चित हाँस्य कलाकारहरु जमघट भए । अवसर थियो, रेडियोको दशौ बाषिर्कोत्सव ।

नेपालको एक मात्र कमेडी रेडियोको रुपमा परिचित ‘रेडियो अडियो’को बाषिर्कोत्सवमा हाँस्य कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठको साथमा किरण केसी, दीपकराज गिरी, जीतु नेपाल, दीपाश्री निरौला, राजा राजेन्द्र उपस्थित भए । यस्तै, संगीतकारदेखि गायकसम्मको जम्काभेट रेडियोमा भएको थियो ।

बाषिर्कोत्सवको अवसर पारेर रेडियोले बर्षभरिको कुल आम्दानीमध्येको १ प्रतिशत रोयल्टी प्रदान गर्ने बताएको छ । रेडियोका प्रमुख दीपेन्द्र खनियाँले कुल आम्दानीको १ प्रतिशत रोयल्टी प्रदान गर्ने सुरुवात गरिएको बताए । radio-audio-anniversary-2

कार्यक्रममा कलाकार जीतु नेपालले नेपालमा ‘हाँस्य कलाकार’हरुको पनि संघ खोलेर एकजुट हुनुपर्ने आवश्यकता औलाए । उनले ‘तरकारीवाली’ नामबाट चर्चामा आएकी गोरखाकी कुसुम श्रेष्ठमाथि पनि ब्यङ्ग्य गरे ।

जीतुको रमाइलो कुराको भिडियो यहाँ हेर्नुहोस्ः


हाँस्य कलाकारहरु हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, दीपाश्री निरौला, किरण केसी लगायतले रेडियोलाई शुभकामना दिएका थिए । बार्षिकाेत्सवको अवसर पारेर केक समेत काटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment