काठमाडौं । काठमाडौंको चोभारमा आइतवार नेपाली चलचित्र क्षेत्रका हस्तीहरुको भिड थियो । देशभक्ति गीत ‘जय जय नेपाल..’ छायांकनको क्रममा राजेश हमाल, सरोज खनालदेखि निर्देशक सोभित बस्नेतसम्म जम्मा भएका थिए ।
भिडियोमा निर्माता तथा कलाकार नवल खड्का, उत्तम केसी, निर्मल शर्मा (गैडा), गणेश गिरी, डिजाइनर सुन्दर श्रेष्ठ,इकु सुलेमान, एलिशा राई,दर्पण राई , सरिता लामिछाने, नीराजन प्रधान,शरवानी पाण्डे, जून श्रेष्ठ, इन्जिनियर रामहरी फुयाललगायतले जय जय नेपाल..’को म्युजिक भिडियो फिचरिंग गरिएको छ ।
म्युजिक भिडियोमा सशान कडेलको निर्देशन रहेको छ । पुरुष कलाकार दौरा सुरुवाल र महिला साडी चोलीमा सहभागी थिए । गायक सिडी बिजय अधिकारी र मनीषा राईको स्वर रहेको ‘जय जय नेपाल..’लाई अलोक चामलिंग राईले लेखेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4