Comments Add Comment

लोकमानले भने-कालो मोसो दल्ने अबोध कारिन्दा हुन्, तिनलाई छाडिदिनू

'बास्तविक अपराधी पर्दा पछाडि छन्'

lokman-sing-karki
८ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीले आफूलाई अदालतभित्र कालोमोसो दल्ने दुई युवालाई रिहा गर्न आग्रह गरेका छन् ।

बिहीबार विप्लव माओवादीका दुई विद्यार्थीले सर्वोच्चमै कार्कीमाथि आक्रमण गरी कालोमोसो दलेका थिए । र, आक्रमणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तर, कार्कीले भने उनीहरु कसैको गोटी मात्र भएको र आफूलाई तोजोबध गराउने योजना कार्यान्वयनको कारिन्दा मात्र भएको बताएका छन् ।

पक्राउ परेकालाई ‘अवोध कारिन्दा’ भन्दै उनले भनेका छन्, ‘वास्तविक अपराधी पर्दा पछाडि भएको र केही महिनायता मेराविरुद्ध विभिन्न प्रकारले षड्यन्त्रमुलक योजना बनाउनेहरु कानुन र प्रहरीको नियन्त्रणमा आउने स्थिति तत्काल नदेखिएको हुँदा ती अवोध कारिन्दालाई कुनै कारबाही नगरी रिहा गरिदिन म सुरक्षा निकायलाई अनुरोध गर्छु ।’

यो पनि पढ्नुहोस्

नेताको शरीरबाट बस्त्र उतार्ने लोकमानको धम्की (पूर्णपाठसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment