+

विश्वकप फुटबल बिस्तारित, सहभागी टोलीको संख्या ४८ पुर्‍याइयो

२०७३ पुष  २६ गते १६:१४ २०७३ पुष २६ गते १६:१४
विश्वकप फुटबल बिस्तारित, सहभागी टोलीको संख्या ४८ पुर्‍याइयो

Fifa

२६ पुस, काठमाडौं । विश्व फुटबल महासंघले गरेको आगामी २०२६ को विश्वकप फुटबलमा ४८ टोलीको सहभागिता गराउने प्रस्ताव बहुमतले पारित भएको छ ।

विश्वकपलाई बिस्तार गर्नका लागि दिइएको पाँच बिकल्पहरुमध्ये फिफा काउन्सिलका ३७ सदस्यहरुबीच गराइएको मतदानमा ४८ टोली सहभागी गराउने प्रस्तावले बहुमत पाएको हो ।

२०२६ को विश्वकपमा ४८ मुलुकका टोलीहरु सहभागी हुनेछन् । सहभागी टोलीलाई १६ समूहमा बिभाजन गरिनेछ र समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा प्रबेश पाउनेछन् ।

सन् १९९८ देखि विश्वकपमा ३२ टोलीले सहभागिता जनाउँदै आएका थिए । जसमा ३२ टोलीलाई ८ समूहमा बिभाजन गरी समूहको शीर्ष दुईलाई नकआउट चरणमा पुर्‍याउने व्यवस्था थियो ।

gianni_infantino
फिफा अध्यक्ष जियान्नी इन्फान्तिन्हो

फिफा मुख्यालय ज्युरिचमा भएको मतदानपछि २०२६ को विश्वकपदेखि नयाँ संरचनामा विश्वकप आयोजना हुने भएको हो ।

नयाँ संरचना अनुसार विश्वकपमा जम्मा ८० खेल हुनेछन् भने विश्व बिजेताले अगाडिकै संरचनाअनुसार ७ खेल्नेछन् । प्रतियोगिता ३२ दिनको हुनेछ ।

प्रतियोगिता लामो हुने भएपछि युरोका चर्चित फुटबल लिगको संरचनामा केहि असर पर्ने देखिएको छ ।

फिफाको यो निर्णयको पछाडि गत फेब्रुअरीमा फिफा अध्यक्ष निर्वाचित भएका जियान्नी इन्फान्तिन्होको प्रमुख भुमिका छ । उनले भनेका छन् कि ‘विश्वकप अब अझै समावेशी भएको छ ।’

फिफा विश्वकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय