+
+
Shares

एमालेको मेची महाकाली अभियान ३ दिनका लागि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २३ गते १९:५१

२३ फागुन, सप्तरी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मेची महाकाली अभियान तीन दिनका लागि स्थगित भएको छ ।

सप्तरी घटनापछि एमालेले अभियान रोकेको हो । शनिबार झापाको बिर्तामोडबाट सुरु भएको एमालेको अभियान सोमबार सप्तरी पुगेको थियो । तर, त्यहाँ मधेसी मोर्चाको विरोध मात्र सामना गर्नु परेन, झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

लगतै रुपनगरमा बसेको एमाले स्थायी कमिटीको आकस्मिक बैठकले षड्यन्त्रको गन्ध आएको भन्दै तीन दिनका लागि अभियान नै स्थगित गर्ने निर्णय गरेको छ ।

बैठक रुपनगरस्थित एमाले नेता सुमनराज प्याकुरेलको घरमा बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?