+
+
Shares

साम्राज्ञीको क्रेज कि दृश्यको ?, ‘ए मेरो हजुर २’ को भिडियोले युटुबमा मच्चायो तहल्का

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत १५ गते ११:००


आइतबार बेलुकी सार्वजनिक गरिएको चलचित्र ‘ए मेरो हजुर २’को ‘कसम हो कसम’ बोलको गीतले युटुबमा नयाँ रेकर्ड बनाइरहेको छ । गीत सार्वजनिक भएको २ दिन नवित्दै यसको भिडियो युटुबमा १ नम्बर ट्रेन्डिङमा छ । गीत हेर्नेको संख्या यो समाचार तयार पार्दा सम्म ६ लाख १३ हजार पुगेको छ । यो, नेपाली चलचित्रको गीतको भिडियोका लागि सुखद पक्ष हो ।

साम्राज्ञीसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

नायिका झरना थापाको डेब्यू निर्देशनमा बनेको यो चलचित्रमा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बाँनिया, सलोन बस्नेत लगायतका कलाकारको अभिनय छ । गीतमा साम्राज्ञी र सलिनमानको जोडीलाई दर्शकले निकै मन पराएका छन् । सलिनमानलाई नयाँ स्टारको रुपमा चर्चा गर्नेहरुको संख्या पनि कम छैन ।
सुनिल कुमार थापाले यो चलचित्रको निर्माण गरेका हुन् । रेनशा वान्तवा राइले भिडियोको कोरियोग्राफी गरेकी छिन् ।

विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालमा खिचिएको यो गीतको भिडियोलाई संजय लामाले उत्कृष्ट तबरले क्यामेरामा कैद गरेका छन् । नेपालमा पनि यस्तो आकर्षक लोकेशन छ भनेर छक्क पर्नेहरु पनि धेरै भेटिएका छन् ।

यो गीतको भिडियोले छोटो समयमा नै तहल्का पिट्नुको पछाडि नायिका साम्राज्ञीको क्रेज हो या दृश्यको ? छुट्याउने जिम्मा तपाइलाई नै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?