+
+

६ दिनदेखि व्यवसायी वली बेपत्ता

सामाजिकक संघसंस्थाद्वारा जोखिको पहल गरिदिन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २४ गते १५:०३

२४ वैशाख, दाङ । व्यवसायी रत्न वलीको अवस्थाका वारेमा विभिन्न सामाजिक संघसंस्था एवं अधिकारवादी संघसंस्थाहरुले चासो दिएका छन् ।

तुलसीपुरमा लामो समयदेखि विभिन्न व्यवसायमा संलग्न वली एकाएक बेपत्ता भएपछि तुलसीपुर उद्योग वाणिज्य संघले चासो दिएको छ ।

संघले तत्काल व्यवसायी वलीको अवस्थाका बारेमा चासो दिन स्थानीय प्रशासनसंग माग गरेको छ ।

वाणिज्य संघका अध्यगरिदिन अनुरोध गरेको छ ।क्ष विमल रिजाल र महासचिव नेत्रलाल वलीले आइतबार विज्ञप्ती जारी गरी व्यवसायी वलीको अवस्थाका बारेमा खोजीका लागि सहयोग

यस्तै व्यवसायी वलीको अवस्थाका बारेमा एथाशक्य सत्यतथ्य पत्ता लगाउन मानवअधिकार तथा शान्ति समाज दाङ शाखाले अनुरोध गरेको छ ।

शाखाले स्थानीय प्रशासनको ध्यानाकषर्ण गराउँदै तत्काल वलीको अवस्थाका बारेमा गम्भीर भएर लाग्न प्रहरी प्रशासन समक्ष आग्रह गरेको छ ।

शान्ति समाज दाङका सभापति शुरेस हमाल र सचिव शरद रेग्मीले एक विज्ञप्ती जारी गरी एक हप्ता पुग्दासमेत वलीको अवस्था अज्ञात रहनु दुःखद घटना भएको भन्दै तत्काल उनको खोजीकार्य गर्नसमेत स्थानीय प्रशासन समक्ष आग्रह गरिएको छ ।

तुलसीपुर ५ निवासी वली गत १९ गते घोराही बजारवाट एकाएक गायव भएपछि आफन्तहरु चिन्तित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?