२१ जेठ, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको संसदीय दलको बैठकले देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
देउवा सरकारलाई समर्थन गर्ने निर्णय गरे पनि सरकारमा सहभागी हुने नहुने भन्नेबारे फोरमले निर्णय गरेको छैन ।
फोरम नेपालका प्रमुख सचेतक शिवजी यादवले अनलाइनखबरसँग भने, ‘देउवा सरकारलाई समर्थन गर्ने निर्णय गरेका छौं, अहिले यतिमात्रै बुझ्नुस् ।’
संसदमा आफूहरु प्रतिपक्षको बेञ्चमा नबसी सत्ता पक्षको बेञ्चमा बस्ने यादवले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4