+
+
Shares

राजपा नेताको आरोपः उपेन्द्र सरकारसँग पैसा लिएर चुनावमा गएका हुन्

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ५ गते १८:५१

५ असार, काठमाडौं । राजपा नेपालका एक नेताले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवमाथि सरकारबाट पैसा लिएर चुनावमा सहभागी भएको आरोप लगाएका छन् ।

राजपा नेता मनिष सुमनले यादवमाथि सरकारसँग मोटो रकम बुझेर चुनावमा भाग लिएको आरोप लगाएका हुन् ।

सोमबार रिपोर्टर्स क्लबको साक्षात्कारमा सुमनले भने, ‘उपेन्द्र यादवले मधेशी जनतालाई धोका दिएका छन्, सरकारसँग मोटो रकम बुझेका छन्, त्यो प्रमाण मसँग छ, पर्‍यो भने देखाउन सक्छु ।’

राजपाले स्थानीय निर्वाचनलाई सशक्त बहिष्कार गर्ने रणनीति लिएको उनले बताए । उनले भने, ‘शान्तिपूर्ण रुपमा चुनाव बहिष्कार गर्न पाउने हाम्रो अधिकार हो तर, यहाँ राज्यले दमन गरेको छ । जबरजस्ती जारी गरेको संविधानलाई कार्यान्वयन गर्नका लागि जबरजस्ती ढप्पा लगाउने काम मात्रै हो ।’

राजपा नेता मनिष सुमनले आफूहरुले स्थानीय तहको संख्या जनसंख्याको आधारमा बढाउनु पर्ने, आन्दोलनकारीलाई क्षतिपूर्ति दिनुपर्ने, निर्वाचनको माहोल बनाउनुपर्ने माग राख्दै आएपनि सरकारले सुनुवाई नगरेको समेत गुनासो पोखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?