+
+
Shares

मतगणनाको पहिलो रुझानः एमालेलाई धक्का ?

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १५ गते ८:२८
फाइल तस्वीर

१५ असार, काठमाडौं । पहिलो चरणको स्थानीय चुनावको सुरुवाती चरणदेखि नै नेकपा एमालेले अग्रता लिएको थियो । एमालेको सुरुवातको अग्रता पछिसम्मै कायम रहेको थियो र ऊ नेपाली कांग्रेसलाई २० स्थानमा पछि पार्दै पहिलो दल बन्न बन्न सफल भएको थियो ।

तर, दोस्रो चरणको चुनावी रुझानमा भने पहिलो चरणमा जस्तो एमालेको आक्रामकता देखिएको छैन ।

केपी ओलीकै गृहजिल्ला झापाका केही गाउँपालिका र दमक नगरपालिकामा समेत सुरुवाती चरणमा एमालेले अग्रता लिन सकेको देखिएन ।

दाङ, प्युठान लगायतका जिल्लामा माओवादीको प्रारम्भिक अग्रता देखिँदैछ ।

त्यसैगरी ७ नम्बर प्रदेशका पहाडी जिल्लामा कांग्रेसले अग्रता लिएको छ भने कैलाली कञ्चनपुरमा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले समेत केही स्थानमा अग्रता लिएको छ ।

भर्खरै मतगणना सुरु भएकाले अहिले नै भावी परिणामबारे अनुमान लगाउन सकिँदैन । तर, पूर्वसंकेत चाहिँ कस्तो देखिएको छ भने यो निर्वाचनमा एमालेलाई निकै ठूलो धक्का लाग्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?