Comments Add Comment

तराईका २० जिल्लामा आज सार्वजनिक विदा

२३ साउन, काठमाडौं । सरकारले तराईका २० जिल्लामा आज सार्वजनिक विदा दिएको छ । श्रावण शुक्ल पूर्णिमामा रक्षाबन्धन पर्व मनाउने भन्दै सरकारले सार्वजनिक विदा दिएको हो ।

तर, सोमबार चन्द्रग्रहण लाग्ने हुँदा पञ्चांग निर्णायक समितिको निर्णयअनुसार साउन १३ गते नागपञ्चमीकै दिन रक्षा बन्धन र जनैपूर्णिमा मनाइएको थियो ।

धेरैजसो मधेसी समुदायले भने नागपञ्चमीको दिन जनैपूर्णिमा र रक्षाबन्धन पर्व नमनाउने घोषणा गरेका थिए । तिनै मधेसी समुदायलाई लक्षित गर्दै सरकारले २० जिल्लामा सार्वजनिक विदा दिएको हो । तराई मधेसका जिल्लाहरुमा दाजुभाइ दिदीबहिनीले एकअर्कालाई राखी बाँधिदिई दिर्घायू र सुस्वास्थ्यको कामना गर्दै रक्षाबन्धन पर्व मनाउने गरिन्छ ।

कुन–कुन जिल्लामा आज विदा ?
गृहमन्त्रालयले सूचना निकालेर तराई मधेसका २० जिल्लामा सार्वजनिक विदा दिइएको जानकारी गराएको छ । गृहका अनुसार झापा, सुनसरी, सप्तरी, सिरहा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, दाङ, कञ्चनपुर र उदयपुर जिल्लामा आज सार्वजनिक विदा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment