+
+
Shares

अमेरिकाको महोत्सवमा बाबुको ‘देश खोज्दै जाँदा’

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ३२ गते १४:५१


चलचित्र ‘देश खोज्दै जाँदा’ मस्टर्डसिड ‘अन्तरराष्ट्रिय फिल्म फेस्टिभल’मा छनोट भएको छ । अमेरिकाको पेन्सलभिनियास्थित फिलाडेल्पिmया सिटीमा आयोजना हुन लागेको तिन दिने महोत्सवमा नेपालबाट प्रतिनिधित्व गर्ने एक मात्र चलचित्र बनेको छ, ‘देश खोज्दै जाँदा’ । अगष्टको १९ तारिखमा यो चलचित्र प्रदर्शन हुनेछ ।

नेपाली भाषी भुटानी शरणार्थीको कथामा यो चलचित्र निर्माण भएको छ । यो महोत्सवमा भारत, बंगलादेश, पाकिस्तान, इजिप्ट, अमेरिका, बेलायत, क्यानडा लगायतका देशका चलचित्र पनि प्रदर्शन हुने आयोजकले बताएको छ ।

यो चलचित्रले विश्वमा आयोजना हुने विभिन्न महोत्सवमा सहभागीता जनाइसकेको छ । नेपालमा भने यो चलचित्र भदौ ८ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा बाबु बोगटी, अरुणा कार्की, हेमन्त बुढाथोकी, मिना कोइराला, तिब्बल राइ लगायतका कलाकारको मुख्य भूमिका छ । उपेन्द्र सुब्बाको पटकथा, संजय लामाको छायांकन, मनोरञ्जन श्रेष्ठको सम्पादन रहेको यो चलचित्रलाई नेपालमा पनि दर्शकले मन पराउने विश्वास यसको निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?