+

न औषधी, न अप्रेशन, यसरी गर्न सकिन्छ रोगको निदान

२०७४ भदौ  १० गते १४:३९ २०७४ भदौ १० गते १४:३९
न औषधी, न अप्रेशन, यसरी गर्न सकिन्छ रोगको निदान


प्रकृतिले शरीरको रचना यसरी गरेको छ कि, अधिकांश रोगको उपचार हामी आफैभित्र छ । अकुप्रेसर पद्धती त्यही अनुरुप विकास भएको हो, जसले शरीरको विशेष विन्दुहरुमा दबाव पैदा गरेर रोग निर्मुल पार्छ । यसको कुनै साइड इफेक्ट छैन । स्वस्थ्य अवस्थामा पनि अकुप्रेसर विधी अपनाउन सकिन्छ, जसले शरीरलाई स्थिर र शान्त राख्छ । साथै कुनै उपचार गराइरहेको छ भने पनि त्यससँगै अकुप्रेसर गर्न सकिन्छ । अकुप्रेसर एकदमै प्राकृतिक उपचार विधी हो ।

अक्युप्रेसर के हो त ?

चिकित्साको थुप्रै पद्धतीमध्ये अकुप्रेसर एक उत्कृष्ट तरिका हो । चिनियाँ भाषाको ‘एक्यु’बाट यसको विकास भएको छ, जसको अर्थ हो पोइन्ट अर्थात विन्दु । शरीरको खास विन्दुमा सूईले दबाव दिएर रोगको उपचार गरिने पद्धती । साथै हात वा अन्य कुनै वस्तुले दबाएर पनि यो विधी अपनाउन सकिन्छ ।

हाम्रो शरीरको केहि बिन्दुले केहि रोगको निदान गर्ने सामथ्र्य राख्छ । यदि त्यस विन्दुमा विशेष किसिमले दबाव दिइयो भने, शरीरका सम्बन्धित रोगबाट छुटकारा मिल्छ । शरीरका यी विन्दुमा बायोइलेक्टि्रकल आवेग पैदा हुन्छ र उर्जा प्रवाह गर्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ साथै मांसपेशीमा आरम पनि । चिन्ता र तनाव समेत हटाउँछ ।

– अकुप्रेसरमा के मानिन्छ भने, हाम्रो शरीरमा बाह्र च्यानल हुन्छ, जो शरीरको प्रत्येक हिस्सासँग सम्बन्धित छ । यो च्यानल अन्ततः तान्त्रिक तन्त्रसँग जोडिन्छ ।

– जब शरीरको कुनैपनि भागमा रोकावट हुन्छ तब, अकुप्रेसरको माध्यामाबट त्यसमा दबाव दिइन्छ । त्यही दबावले उक्त रोकावट हट्छ । फलतः रक्त प्रवाह हुन्छ । अक्सिजन र सकारात्मक उर्जाको समुचित प्रवाह हुन्छ ।

– अकुप्रेसरले रोग निवारण मात्र गर्दैन, यसले राम्रो र स्थिर जीवन पनि सुनिश्चित गर्छ ।

– अकुप्रेसरलाई अन्य चिकित्सा विधीसँगै अपनाउन सकिन्छ ।

अकुप्रेसरको प्रभाव

– स्नायु संस्थानमा व्याप्त विकृति हटाउन ।

– मांसपेशीमा आवश्यक लचकता ल्याउन ।

– छालामा स्फूर्ति पैदा गर्न ।

– शरीरको आवश्यक तत्वमा रक्त प्रवाह राम्ररी गराउन ।

१० प्रमुख अकुप्रेसर प्वाइन्ट

ज्वइनिङ द भ्याली – यो विन्दु बुढी औंला र चोर औंलाको बीचमा हुन्छ । यहाँ दबाउँदा टाउको दुखेको, दाँत दुखेको, गर्दन दुखेको, काँध दुखेको, कब्जियत भएको ह्याङओभर भएको अवस्थामा राहत मिल्छ ।

पेरिकार्डियम– यो प्वाइन्ट हात्केलाभन्दा लगभग दुई औंला तल नाडीमा हुन्छ । यहाँ दबाउँदा बेचैनी, ज्वरो, वान्ता, पेटको गडबडी, छाती दुखेको ठिक हुन्छ ।

थर्ड आई प्वाइन्ट– यो विन्दु दुबै आँखी भौंको मध्य र नाकको ठीक माथि हुन्छ । मानसिक शान्ति, स्मृति क्षमता बढाउन तथा तनाव, थकान, टाउको दुखाईको समस्याबाट पार पाउनका लागि त्यही विन्दुमा दवाउनु पर्छ ।

सी अफ ट्र्यांकुलिटी- यो विन्दु छातीको ठीक विचमा हुन्छ । यहाँ दबाउँदा एग्जाइटी, नर्वसनेस, डिप्रेसन, हिस्टीरिया र इमोसनल समस्यामा फाइदा मिल्छ ।

लेग थि्र माइल्स- यो विन्दु घुँडाको तल लगभग चार औंलाको दुरीमा हुन्छ । त्यहाँ दबाउँदा अपच, पखला, कब्जियत, पेट फुलिएको, ग्याष्ट्रिक, पेटको दुखाई जस्तो समस्या हट्छ ।

कमान्डिङ मिडिल- यो विन्दु घुँडाको ठीक पछाडिको भागमा हुन्छ । त्यहाँ दबाउँदा कम्मरको दुखाई, घुँडाको दुखाई आदि ठीक हुन्छ ।

इयर प्वाइन्ट- यो प्वाइन्ट कानको माथिल्लो भागमा हुन्छ । त्यहा दवाब दिएपछि चुरोटको लत, तनाव, डिप्रेसन, अनिन्द्रा आदिको समस्या हट्छ ।

ह्याभेनली पिलर प्वाइन्ट– यो प्वाइन्ट गर्दन र टाउकोको ठीक मध्य भागमा हुन्छ । तनाव, थकान, गर्दन दुखाई हटाउनका लागि त्यहाँ दबाउनु पर्छ ।

स्याकरल प्वाइन्ट– यो विन्दु मेरुदन्डको सबैभन्दा अन्तिम भागमा हुन्छ । यहाँ दवाउँदा मासिक श्राव सम्वन्धि अनियमिततामा राहत मिल्छ ।

बिगर रशिङ्ग – यो विन्दु खुट्टाको बुढी औंला र अन्य औंलाको बिचमा हुन्छ । आँखाको थकान, ह्याङओभर हटाउन त्यहाँ दबाउनु पर्छ । साथै यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

अकुप्रेसर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सेतो कोटको ‘मौन विद्रोह’

सेतो कोटको ‘मौन विद्रोह’

लगातारको झरीसँगै हैजाको जोखिममा काठमाडौं !

लगातारको झरीसँगै हैजाको जोखिममा काठमाडौं !

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)