Comments Add Comment

‘मेला’मा परिचय माग्दै गजित र पवित्रा, आमेष र अशिष्माले के भने ?


प्रदर्शन मिति घोषणासँगै चलचित्र ‘मेला’मा समावेश एक गीतको भिडियो सार्वजनिक गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रका कलाकार, निर्माता–निर्देशक तथा सूचना तथा संचारमन्त्रीको उपस्थितीमा गीत सार्वजनिक गरिएको हो ।

यो चलचित्र कात्तिक २४ गतेबाट देशभरका हलमा रिलिज हुने भएको छ । बसन्त निरौला निर्देशित चलचित्रमा सलोन बस्नेत, आमेष भण्डारी, अशिष्मा नकर्मी, निरज श्रेष्ठको मुख्य भूमिका छ ।
तर, सार्वजनिक गीत ‘परिचय पाउ’मा भने नायक गजित बिष्ट र नायिका पवित्रा आचार्यले नृत्य गरेका छन् । चलचित्रमा यी दुइ अतिथी कलाकार हुन् ।

कार्यक्रममा बोल्दै निर्देशक बसन्त निरौलाले आफूहरुले ‘मेला’लाइ एउटा उत्कृष्ट चलचित्र बनाउने कोशिश गरेको बताए । आफ्ना यस अगाडिका ४ वटा चलचित्र भन्दा यो चलचित्र विशेष बनेको उनको भनाइ थियो । यस्तै, नायिका अशिष्मा नकर्मीले ‘मेला’मा आफूहरुले निकै मिहिनेत गरेको बताउँदै सलोन, आमेष र आफ्नो जोडी सुहाएको बताइन् ।

नायक आमेष भण्डारीले भने एउटा उत्कृष्ट चलचित्र बनाउने प्रयास गरिएको बताए । ‘फूलै फूलको मौसम तिमीलाइ’पछि आफू अभिनित दोश्रो चलचित्र ‘मेला’ भएकाले पनि विशेष रहेको आमेषको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथी सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतले ‘मेला’मा दर्शकको बाक्लो उपस्थिती रहोस् भन्दै शुभकामना दिएका थिए । सार्वजनिक गीतमा रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर, अर्जुन पोख्रेलको संगीत, दिग्गज धुरालीको शब्द छ ।

यो चलचित्रमा पवित्रा आचार्यको कोरियोग्राफी, दिव्य सुवेदीको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, अष्ट महर्जनको एक्सन छ । हरि पन्तको प्रस्तुतीमा तयार भएको चलचित्रमा मनोज के मरोडियाको लगानी छ । चलचित्रमा हरि पन्तकै कथा, पटकथा, संवाद तथा सह–निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment