Comments Add Comment

एमाले बागलुङले उम्मेदवार सिफारिस गर्‍यो

२० असोज, बागलुङ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमाले बागलुङले सम्भावित उम्मेदवारको नामावली केन्द्रमा पठाएको छ ।

पार्टी जिल्ला कमिटीको बैठकले प्रनिनिधिसभाका दुई र प्रदेशसभाका चार निर्वाचन क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको हो ।

क्षेत्र नं १ सहित प्रदेश (क) र (ख) मा पार्टी अध्यक्ष इन्द्रलाल सापकोटा, पूर्व अध्यक्ष श्रीप्रसाद शर्मा, हीराबहादुर केसी र सूर्य पाठकलाई सिफारिस गरिएको छ । कुन उम्मेदवारलाई कुन सभामा पठाउने भन्ने निर्णय जिल्लामा हुन नसकेपछि केन्द्रले नै उम्मेदवार टुंङग्याउने गरी पठाइएको पार्टी सचिव लालबहादुर थापाले बताए ।

यसैगरी निर्वाचन क्षेत्र नं–२ मा प्रतिनिधिसभा सदस्यका लागि मोहनलाल शर्मालाई सर्वसम्मत रुपमा उम्मेदवार बनाउने निर्णय भएको छ । २ नं क्षेत्र अन्तर्गत पर्ने प्रदेश (क) मा पनि सर्वसम्मत हुन नसकेपछि आकंक्षी चार जनाको नाम केन्द्रमा सिफारिस गरिएको सचिव थापाले जानकारी दिए । सफारिस हुनेमा प्रेम खरेल, यामबहादुर श्रीस्, तीर्थमणि भुसाल र रत्ना भण्डारी रहेको छ ।

त्यस्तै प्रदेश (ख) बाट बडिराम अर्याल शर्मालाई सर्वसम्मत उम्मेदवार बनाउने जिल्ला कमिटिको बैठकले निर्णय गरी केन्द्रमा पठाएको छ ।

प्रत्यक्षतर्फ सिफारिस भए पनि समानुपातिकतर्फ बैठकले कुनै निर्णय लिन नसकेपछि त्यसको छनोटका लागि कमिटी बनाइएको एमाले बागलुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment