+
+
Shares

जाजरकोटबाट सुर्खेत अाउँदै गरेको बस कालीखाेलामा खस्यो, एकको मृत्यु २५ घाइते

टेकबहादुर अोली टेकबहादुर अोली
२०७४ कात्तिक ३ गते ११:२२
तस्वीर, दुर्गा बुढाथाेकीको फेसबुकबाट ।

३ कात्तिक, सुर्खेत । जाजरकोटबाट सुर्खेत अाउँदै गरेको बस सुर्खेतको सिम्ता गाउँपालिका-४  कालीखोलामा खसेको छ ।

मे १ ख ७२२ नम्बरको बस दुर्घटना हुँदा करिव ५४ वर्षका एक जनाको मृत्यु भएको जाजरकोट प्रहरीले पुष्टि गरेको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।

बस १०० मिटर तल भेरी किनारमा खसेको छ । दुर्घटनास्थल सुर्खेत र जाजरकोटको सिमानामा हो ।

दुर्घटना लगत्तै  छिन्चुबाट प्रहरी घटनास्थल पुगेको छ । बसका चालकलार्इ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन अाचार्यले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?