Comments Add Comment

ट्रेकिङका लागि प्याकिङः के-के लैजाने ?


पदयात्रा आफैमा रोमाञ्चक त हुन्छ नै, स्वास्थयका लागि फाइदाजनक पनि । पैदल हिँड्नु समग्र शरीरको व्यायाम हो । उकाली-ओराली, पहाड एवं जंगल र खोंचहरु छिचोल्नु पैदल यात्राका खास अनुभव हुन् । यसले शारीरिक मात्र होइन, मानसिक रुपमा पनि स्वस्थ्य र तन्दुरुस्त राख्छ । त्यसैले बेलाबखत पैदल यात्रामा निस्कन सकिन्छ ।

यद्यपी पैदल यात्रामा निस्कनुअघि केहि तयारी गर्नैपर्छ । पूर्व तयारी गरिएको छ भने बाटोमा समस्या आइपर्दैन । पैदल हिँड्नुअघि के कस्ता तयारी गर्नुपर्छ त ?

सही पोशाक

यस्तो कपडा प्याक गर्नुस जो हरप्रकारको मौसम र शारीरिक गतिविधिहरुसँग अनुकूल होस । आफ्नो विन्डसिटर, ज्याकेट वा रेनकोट नबिर्सिनुस । अतिरिक्त अन्डरगार्मेन्ट्स पनि राख्नुस ।

स्मार्ट ब्याकप्याक

यस्तो ब्याकप्याक छनोट गर्नुस, जसमा तपाईंको आवश्यकताका सबै सामानहरु अटाउन । साथै बोक्नमा पनि आरादायी होस । किनकी यसलाई पिठ्यूमा बोकेर तपाईंले घन्टौंको यात्रा गर्नुपर्ने हुन्छ ।

गतिलो जुत्ता

अप्ठेरो बाटोमा हिँड्नका लागि तपाईंले लाइटवेट ट्रेकिङ बुट लगाउनुपर्छ । त्यसमा एंेकल सपोर्ट हुनु अति आवश्यक छ । आफ्नो जुत्तामाथि पहिले वाक्स रगड्नुस र त्यसपछि ब्लो ड्राई गरेर त्यसलाई वाटरप्रुफ बनाउनुस । साथमा राम्रो गुणस्तरको मोजा राख्नुस जुन खासगरी ट्रेकिङका लागि नै बनेका हुन्छन् ।

घामबाट सुरक्षा

उचाईंमा सुर्यको किरणले तपाईंको त्वचामा नोक्सान पुर्‍याउन सक्छ । त्यसैले तपाईंसँग उच्च एसपीएफवाला ट्राभल साइज मोइस्चराइजर र लिप बम हुनुपर्छ । यसका अलावा ह्याट र सन ग्लास पनि राख्न नछुटाउनुस ।

जरुरी अन्य वस्तु

ट्वाइलेट रोल्स, वेट वाइप्स, ट्राभल साइज ह्यान्ड स्यानिटाइजर र लिक्वीड सोप जस्ता केही वस्तुहरु अति जरुरी हुन्छन् ।

प्राथमिक उपचार बाकस

आफूले खाइरहेको औषधिका साथसाथै तपाईंलाई इन्सेक्ट रिपेलेन्ट्स, स्टिकिङ प्लास्टर्स, एन्टिसेप्टिक क्रीम, पेन रिभिलिङ स्प्रे या क्रिम र रि-हाइड्रेसन पाउडर पनि आफ्नो प्राथमिक उपचार बाकसमा राख्नुपर्छ ।

इमर्जेन्सी किट

ग्लु र एड्हेसिव टेप जतिबेला पनि काम लाग्न सक्छन् । खासगरी जुत्ता फाट्न लागेको अवस्थामा मर्मत गर्न । टेन्ट लगाउनका लागि पेन नाइफ उपयोगी हुन सक्छ ।

वाकिङ पोल

ट्रेकिङका दौरान तपाईंले झाडीको बाटो हिँड्नुपर्ने हुन्छ । जमिन पनि समतल हुँदैन । यदि तपाईंसँग वाकिङ पोल छ भने तपाईंको घुँडामा बढि जोड पर्ने छैन ।

लाइटिङ

हेडल्याम्प वा फ्ल्यासलाइट्स रातको ट्रेकिङका लागि अति आवश्यक हुन्छ । टेन्ट लगाएर बस्दा पनि यो तपाईंको काम आउँछ ।

पावर ब्याकअप

तपाईंको मोबाइल फोन, क्यामरा वा अन्य उपकरणका लागि अतिरिक्त ब्याट्री वा पावर ब्याकअप राख्नुभयो भने त्यसले बरदानको काम गर्छ । यसबाट तपाइर्ं दुनियाबाट एक्लिने चिन्ता रहँदैन । यसका साथै अतिरिक्त मेमोरी कार्ड पनि राख्नु उपयुक्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment