२२ कात्तिक, रामेछाप । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा रामेछापमा निर्वाचन आचासंहिता उल्लङ्घनका घटना पनि बढ्दै गएका छन् । तर, सरोकारवाला निकाय भने मौन छ ।
दलहरुले आचारसंहिता विपरित सदरमुकाम मन्थलीदेखि हरेक गाउँपालिका र नगरपालिकाका सार्वजनिक स्थलहरुमा प्रमुख दलहरुले पोष्टर तथा पर्चा टाँसेका छन् ।
उनीहरुले पार्टीको झण्डा तथा ठूल्ठूला पोष्टर टाँसेका छन् ।
यसपालिको चुनावी प्रचारमा दलका चिन्ह अंकित ज्याकेट, कमिज, टिसर्ट, टोपी, गम्छा वा अन्य कुनै पहिरन, स्टिकर, लोगो, झोला, ट्याटु लगायतका सांकेतिक सामाग्री प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । तर, राजनीतिक दलका चुनावी सभामा ती सामाग्रीको प्रदर्शन समेत भइरहेको छ ।
नेपाली कांग्रेसका कार्यकताले चुनावी सभामा रुख चिन्ह अंकित टिसर्ट लगाएका फोटो कांग्रेकै उम्मेदवारको फेसबुक पेजमा समेत सार्वजनिक भएको छ ।
निर्वाचन आचारसंहिता अनुगमन समिति रामेछापका अनुगमन अधिकृत रोशनकुमार घिमिरे आचारसंहिता उल्लङ्घनको विषयमा राजनीतिक दलहरुलाई सजग गराइसकिएको बताउँछन् ।
प्रतिक्रिया 4