Comments Add Comment

प्रहरीको निष्कर्षः देशभरि विष्फोट गराउने समूह विप्लव नै

२० मंसिर, काठमाडौं । निर्वाचनको समयमा भइरहेका श्रृङ्खलावद्ध बम विष्फोटनका घटनाहरुमा विप्लव समूह नै संलग्न रहेको प्रहरीले निष्कर्ष निकालेको छ ।

प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डीआइजी मनोज न्यौपानेले विष्फोटका घटनाहरुमा विप्लव समूहकै संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

प्रहरीका अनुसार विष्फोटसहितका निर्वाचनविरोधी गतिविधिमा संलग्न विप्लवका ६ सयजना कार्यकर्ता समेत पक्राउ परेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

निर्वाचनविरोधी गतिविधिमा संलग्न सिके राउतका १३ जना कार्यकर्ता समेत पक्राउ परेका छन् ।

यो पनि पढ्नुस्

प्रहरीको निष्कर्षः देशभरि विष्फोट गराउने समूह विप्लप नै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment