+
+
Shares

एक्सनले भरिएको निखिलको ‘पिजडा ब्याक एगेन’को ट्रेलर

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २६ गते १५:५२


नायक निखिल उप्रेतीले चलचित्र ‘पिजडा’बाट आफ्नो करिअरको आरम्भ गरेका थिए । यसपछि, निखिल नेपाली चलचित्रमा सुपरस्टार बने । उनलाई अहिले दर्शकले ‘एक्सन किङ’को रुपमा चिन्छन् । यसैले पनि निखिलले काम गरेका चलचित्रमा दर्शकलाई ‘एक्सन’कै बढी अपेक्षा हुन्छ ।

उनै, निखिल फेरि ‘पिजडा ब्याक एगेन’बाट दर्शकमाझ आउने तयारीमा छन् । यो चलचित्र माघ ४ गतेबाट रिलिज हुँदैछ । चलचित्रको २ वटा गीत रिलिजपश्चात ट्रेलर सार्वजनिक गरिएको छ । हिमाल केसीको डेब्यू निर्देशनमा तयार भएको चलचित्रलाई मौनता श्रेष्ठले लेखेका हुन् । चलचित्रको ट्रेलरमा पनि एक्सनलाई नै प्राथमिकता दिइएको छ ।

चलचित्रमा निखिलको साथमा सारा, पुकार भट्टराई, सुस्मिता केसी, ज्याक श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । चलचित्रको ट्रेलर हेर्दा यसमा भरपुर एक्सन समावेश छ भन्ने वुझिन्छ । साथमा, पारिवारिक कथालाई पनि चलचित्रले उठान गरेको छ । निर्देशक केसीकै चलचित्रमा एक्सन निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?