+

प्लाष्टिक यसकारण बन्दैछ भयावह रोगको कारण !

२०७४ पुष  १३ गते १०:५० २०७४ पुष १३ गते १०:५०
Shares
प्लाष्टिक यसकारण बन्दैछ भयावह रोगको कारण !

सागसब्जी किनमेल गर्न होस् वा कुनै सामान बोक्न, हरेकले अहिले प्लाष्टिकको व्याग झुन्ड्याएकै हुन्छ । प्लाष्टिक सजिलो साधन हो, सामान बोक्नका लागि ।

तर, यसको व्यवस्थापन सही ढंगले भएको पाइदैन । त्यही कारण प्लाष्टिक प्रदूषणको कारण पनि बन्दैछ । प्लाष्टिकको नराम्रो गुण के भने, यो पच्दैन । प्लाष्टिकले नष्ट गर्ने प्रभावकारी विधी पनि हामीसँग छैन । प्लाष्टिकमाथि प्लाष्टिक थपिदै जाँदा जताततै प्लाष्टिकको थुप्रो लाग्न थालेको छ ।

आखिर प्लाष्टिक के हो ? कसरी यसको प्रचलन सुरु भयो ? किन यो स्वास्थ्यमैत्री छैन ?

प्लाष्टिकको प्रयोग

प्लाष्टिक बहुउपयोगी वस्तुको रुपमा हाम्रो जीवनशैलीसँग जोडिन आएको छ । पोलेथिन ब्यागदेखि लिएर खेलौना, भाडाकुँडा, पाइप, फर्निचर, वट्टा आदि अनेक उपयोगी वस्तुहरूको निर्माण प्लाष्टिकद्वारा हुने गर्दछ ।

एकारित प्लाष्टिक हाम्रो दैनिक प्रयोगमा आइरहेको छ भने, अर्कोतिर चाडो नगल्ने, नसड्ने गुणको कारण पर्यावरण र जनस्वास्थ्यका लागि भयंकर खतरा बन्दैछ । पर्यावरण, पानी, किरा, फट्यांग्रालगायत जीवाणु, विषाणु, लेउ, झ्याउ र ढुसीलाई गलाउन असक्षम छन् । अम्ल, क्षार, लवणलगायतअन्य रसायनहरूसँग क्रिया गराउँदा पनि प्लाष्टिकलाई गलाउन सकिदैन । जसले गर्दा यो प्रदूषणको कारण बन्दैछ ।

हिमालय या घना जंगल, तालतलैया हुन् या नदि-नाला, सबैतिर फ्याकिएका प्लाष्टिकको फोहोरले सुन्दर मनोहर दृश्य कुरुप वनाउदै गइरहेको छ ।

किन हानिकारक प्लाष्टिक ?

हामीले प्रयोग गर्ने प्याष्टिकजन्य ९५ प्रतिशत वस्तुहरूको उत्पादनमा ईष्टर-थ्यालेट, बिसो फिनोल “ए”, फिनोल “एस”, जिनोईस्ट्रोजेनहरू, सिसा र एण्टिमनि जस्ता तत्वहरू मिसाइएको हुन्छ । यीे तत्वहरूको प्रयोग प्लाष्टिकजन्य वस्तुहरूलाई मुलायम, टिकाउ, दरिलो, उपयोगी र आकर्षक  बनाउन प्रायोग गरिन्छ ।

यी  वीषाक्त तत्वहरू अत्यन्त सूक्ष्म मात्रा पनि शरिरका विभिन्न अंगहरूका क्रियासिल कोषहरूलाई मार्न सक्षम छन् । खासगरी अण्डकोष, डिम्बशाय, थाईमस ग्रन्थी, गर्भमा हुर्कदै गरेको बच्चा र अन्य छिट्टै विकसितहुने कोषहरूलाई यि तत्वहरूले मार्ने गर्दछ ।

यसले मोटोपन बढ्ने, पुरुषहरूको पनि स्तन बढ्ने, केटीहरूमा समयपूर्व नै यौवनका लक्षणहरू देखापर्ने, पुरूष ग्रन्थि -प्रोस्टेट) बढ्ने र क्यान्सर हुने, नपुंशकता, बाँझोपन, हर्मोनल गडवडी र गर्भ मै बच्चा मर्ने अथवा विकृत बच्चाहरू जन्मने जस्ता समस्या देखिने गर्दछ ।

प्लास्टिकमा भएका बिषहरू र यी तत्वहरूले स्वास्थ्यमा पर्ने प्रतिकुल असरहरूका बारेमा अनुसन्धानहरू भैरहेका छन् र यो तत्वलाई विभिन्न रोगहरूको कारकतत्वको रुपमा बुझिदै आएको छ ।

कसरी मुक्ति पाउने ?

प्रश्न उठ्छ कि, यो समस्यावाट मुक्ति कसरी पाउने ?

अवैज्ञानिक तरिकाले गरिएको प्लाष्टिक विसर्जनले पर्यावरण प्रदुषित गर्नुका साथै जनस्वस्थ्यमा ठूलो क्षति पूर्‍याईरहेको छ । नगल्ने प्लाष्टिकबाट वच्नका लागि यसलाई जलाइदिन्छौ तर यसको जलनवाट वातावरणमा कार्वनडाइ अक्साइड,कार्वन मनोअक्साइड  र अन्य विषालु ग्याँसहरुको मात्रा वढ्न जान्छ ।

अर्कोतर्फ यसको जलनवाट उत्पन्न ग्यासले पर्यावरण तातिदै जाने र “ग्लोबल वार्मिन”को समस्या ल्याउने खतरा पनि छ ।  प्लास्टिक बिसर्जन गर्न यसलाई खाल्डो खनेर गाडिदिने गरिन्छ । प्लाष्टिककै कारण माटोले उर्वराशक्ति गुमाउन पुग्छ । यसले गर्दा अन्नवाली उब्जनीमा वाधा पुग्छ ।

भयावह रोगको कारण

पर्यावरणिय समस्याका साथै अदृश्य रुपमा जनस्वास्थ्यमा देखापरेका भयावह रोगहरूका कारण पनि प्लाष्टिकलाई मानिएको छ । यस समस्याबाट मुक्ति पाउन विश्वका धेरै देशहरूले प्लाष्टिक र प्लाष्टिकजन्य पदार्थहरूलाई कडाईका साथ प्रतिवन्ध लगाउदै गएका छन् ।

प्लाष्टिक प्रतिवन्धः नारामा सीमित

हाम्रो देशमा पनि पोलिथिनको उपयोग र विक्रीवितरणलाई निरुत्साहित विभिन्न कानुनहरूको व्यवस्था छ । फोहर मैला व्यवस्थापन ऐन २०६८ अुनसार पोलिथनजन्य वस्तुहरूको उपयोग तथा विक्रीवितरण गर्नेलाई रु १५ हजार देखि १ लाखसम्म जरिवाना हुने व्यवस्था छ । तर,  हालसम्म यो कार्यन्वयनमा आउन सकेको छैन ।

नीति नियममा पनि प्लाष्टिकजन्य पदार्थ भन्दा पोलीथिन प्रयोगलाई मात्र मात्र निरुत्साही गर्ने खालको कानुन छ । जबकी प्लाष्टिक भनेको पोलोथिनमात्र हैन, पोलोथिनलाई मात्र निरुत्साहीत गरेर यस समस्याको समाधान हुँदैन ।

प्लास्टिक
डा. हेमराज कोइराला
लेखक
डा. हेमराज कोइराला
वरिष्ठ योग तथा प्राकृतिक चिकित्सक एवं वरिष्ठ विशेषज्ञ रिजेनेरेटिव मेडिसिन

बीएनवाईएस एमफिल (रिजेनेरेटिव मेडिसिन), पिएचडी (बायोटेक्नोलोजी अध्ययनरत) योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, भरतपुर र काठमाडौं विश्वविद्यालय योग तथा प्राकृतिक चिकित्सालयमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय