+
+
Shares

भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १६ गते ८:३२

१६ माघ, काठमाडौं । भारतीय विदेशमन्त्री सुषमा स्वराज नेपाल आउने भएकी छन् । नेपालमा वाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने परिस्थिति सिर्जना भइरहेका बेला स्वराज दुई दिने भ्रमणमा नेपाल आउन लागेकी हुन् ।

भारतीय विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री स्वराज दुई दिने नेपाल भ्रमणका लागि बिहीबार नेपाल आउन लागेको जनाएको छ । भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भ्रमण हुन लागेको जनाएको छ ।

भ्रमणका क्रममा स्वराजले राजनीतिक दलका नेताहरुलाई समेत भेट्ने छिन् । भारतीय विदेश मन्त्रालयले साझा स्वार्थलगायत विषयमा राजनीतिक दलका नेताहरुसँग छलफल हुने जनाएको छ ।

माघ १८ गते नेपाल आउन लागेकी स्वराज १९ गते स्वदेश फर्कने कार्यक्रम छ ।

हेर्नुहोस् भारतीय विदेश मन्त्रालयको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?