+
+
Shares

एमाले प्रतिनिधिलाई भीम रावलले भने : यो निरंकुश प्रवृत्तिको अन्त्य गर्ने अवसर हो

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते ८:१३

१ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले एमाले महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीभित्रको निरंकुश, स्वेच्छाचारी प्रवृत्ति मुक्त गर्न सुझाव दिएका छन् ।

एमालेको ११औं महाधिवेशनका सन्दर्भमा भीम रावलले प्रतिनिधिहरूलाई यो पार्टी संगठनलाई जनताको हितमा उपयोगी बनाउने अवसर भएकोले गलत प्रवृत्तिको अन्त्य गर्न सुझाव दिएका हुन् ।

१०औं महाधिवेशनलाई सम्झिंदै उनले लेखेका छन्, ‘अहिले घटनाक्रमबाट त्यसबेला मैले उठाएको कुरा कति  सही रहेछ भन्ने स्पष्ट भएको छ । अहिले धेरैले केपीको निरंकुश, स्वेच्छाचारी प्रवृत्ति र व्यवहारलाई स्वयं भोगेका र देखेका छन् । अतः एमालेको एघारौं महाधिवेशन त्यस्तो प्रवृत्ति र व्यवहारबाट पार्टीलाई मुक्त गर्दै स्वयं पार्टी, देश र जनताको हितमा संगठनलाई उपयोगी बनाउने अवसरको रुपमा प्रतिनिधिहरुले उपयोग गर्न सके भने उचित हुनेछ ।’

उनले अघिल्लो महाधिवेशनमा निर्वाचन स्वच्छ वातावरणमा भई प्रतिनिधिहरूले चुन्ने र चुनिन पाउने अधिकारको केपी शर्मा ओलीले अवरुद्ध गरेको आरोपसमेत लगाएका छन् ।

आज एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । यसपटक केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?