Comments Add Comment

अस्पताल परिसरमा डेढ वर्षकी बालिका बेबारिसे भेटियो

२१ माघ, वीरगञ्ज । नारायणी उपक्षेत्रीय अस्पताल परिसरमा वेवारिसे बच्चा फेला परेको छ । अस्पतालको प्रसुति गृह परिसरमा डेढ वर्षकी बालिका अलपत्र अवस्थामा भेटिएकी हुन् ।

मध्यान्ह १२ बजेदेखि नै अस्पताल परिसरमा अलपत्र रहेकी बालिकाको अभिभावक को हुन् ? र कसले त्यहाँ छोडेको भन्नेबारे कसैलाई जानकारी छैन । प्रत्यक्षदर्शीका अनुसार बालिका मानसिक रुपमा कमजोर जस्तो देखिएको र रोइरहेकी थिइन् ।

सामाजिक अभियन्ता प्रकाश थारुले प्रसुति गृह परिसरमा रहेको चौतारामा बालिकालाई अलपत्र अवस्थामा भेटिएको बताए । ‘चौतारामा बच्चा रौइरहेको रहेछ, हामीले दूध र पाउरोटी खुवाइदिएका छौं’ उनले भने ‘कसले किन छोडेको भन्ने बारे जानकारी पाउन सकिएको छैन ।’

उनका अनुसार बालिकाको साथमा छोडिएको झोलामा बिस्कुट, दूध र पाउरोटी पनि थियो । बच्चालाई कसैले छोडेर गएको हुनसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment