Comments Add Comment

सामाजिक सुरक्षा कार्यक्रमहरुलाई एकीकृत गर्ने


२३ फागुन, काठमाडौं । अर्थमन्त्रालयले सामाजिक सुरक्षा कार्यक्रमहरुलाई एकीकृत रुपमा अगाडि बढाउने भएको छ । सामाजिक सुरक्षाकै लागि सरकारले चालु आवमा ४० अर्ब रुपैयाँ छुट्याएको थियो ।

सामाजिक सुरक्षामै सरकारले सबै राजस्व खर्च गर्न नसक्ने भएकोले यी कार्यक्रमलाई एकीकृत गर्नुपर्ने अर्थविदहरुले बताउँदै आएका थिए । दोहोरोपना हटाउन यस्तो गर्न लागिएको हो ।

हाल सरकारले स्वास्थ्य बीमा, वृद्ध भत्ता, पेन्सन, ७५ वर्ष माथिकालाई निःशुल्क औषधी लगायतका विभिन्न सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यसअघि देउवा सरकारले जाँदा जाँदा बिभिन्न शीर्षकका सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेका थिए । यसले राज्य कोषमा २५ अर्बभन्दा बढी भार पर्ने देखिएको थियो ।

देउवा सरकारले गरेको यस्तो निर्णय उल्टाउने संकेत यस सरकारले गरेको भएपनि हालसम्म यसमा कुनै नयाँ निर्णय भएको छैन ।

देउवा सरकारले वृद्ध भत्ता पाउने उमेर ७० बाट ६५  वर्षमा झारेको थियो ।

यी पनि पढ्नुस्

२ खर्ब २५ अर्बमा स्थानीय तहले गरे ६९ अर्ब खर्च

सरकारले एक खर्ब ७९ अर्ब खर्च गर्न नसक्ने, बजेटको आकार घट्यो

बजेटको मध्यावधि समीक्षा: आर्थिक वृद्धिदर ६ प्रतिशत मात्र

फागुनसम्म सुरु नभएका आयोजनाले ‘सरेन्डर’ गर्नुपर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment