Comments Add Comment

फागुनसम्म सुरु नभएका आयोजनाले ‘सरेन्डर’ गर्नुपर्ने


२३ फागुन, काठमाडौं । सरकारले फागुनसम्म पनि सुरु नहुने आयोजनालाई ‘सरेन्डर’ गर्न कडाइ गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले अार्थिक वर्षको अन्त्यमा वर्षा लागेपछि आयोजना सुरु गरेर बजेट सक्ने प्रवृत्तिलाई नियन्त्रण गर्न कडाइको नीति ल्याएका हुन् ।

खतिवडाले नयाँ आयोजनालाई थप निकासा नदिने घोषणा पनि गरेका छन् । अहिले विभिन्न मन्त्रालयहरु विभिन्न नयाँ आयोजनाका लागि बजेट माग गर्दै अर्थ मन्त्रालय धाइरहेका छन् ।

गतवर्ष पनि ततकालीन अर्थमन्त्री कृष्णबहादुर महराले कुनै आयोजनामा रकम थुप्रिने र काम गरिरहेका आयोजनामा बजेट अभाव हुने अवस्था तोड्न यस्तो नीति लिएका थिए ।

चालू आर्थिक वर्षको मध्यावधि समीक्षा गर्दै अर्थमन्त्री डा. खतिवडाले फागुनसम्म पनि प्रक्रिया सुरु गर्न नसक्ने आयोजनाहरुले ‘आत्मसमपर्ण’ गर्नपर्ने बताए ।

उनले यो वर्ष असारमै बजेट आएर पनि विकासे बजेट खर्च हुन नसकेको भन्दै फागुनसम्म पनि काम थाल्न नसकेका आयोजनाका लागि छुट्याएको रकम अन्य प्रगति भइरहेका आयेजनालाई दिने बताए ।

सरकारले मंगलबारसम्म २३ प्रीतशत मात्रै विकासे खर्च गर्न सकेको छ । बजेट सबै खर्च नहुने अवस्था आएपछि सरकारले १ खर्ब ७९ अर्ब रुपैयाँ बजेट घटाएको छ ।

यी पनि पढ्नुस्

२ खर्ब २५ अर्बमा स्थानीय तहले गरे ६९ अर्ब खर्च

सरकारले एक खर्ब ७९ अर्ब खर्च गर्न नसक्ने, बजेटको आकार घट्यो

बजेटको मध्यावधि समीक्षा: आर्थिक वृद्धिदर ६ प्रतिशत मात्र

सामाजिक सुरक्षा कार्यक्रमहरुलाई एकीकृत गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment